बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादव ५ हजार भन्दा बढी मतले पराजित

राजीव कुशवाहा 1600  पटक हेरिएको

विराटनगर । मोरङ क्षेत्र-५(ख) मा प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल संग ५ हजार २७८ मत अन्तरले पराजित भएको हो।

उनका प्रतिद्वन्द्वी आर्यालले १६ हजार १०२ मत लियाई प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। यादवले १० हजार ८ सय २४ मत मात्र ल्याउन सके। तेस्रो भएका राप्रपका राजेश बानियाले ३ हजार २४७ मत ल्याए ।

मोरङ ५(ख) मा ३४ हजार ८ सय ४ मत खसेको थियो । जसमा १ हजार ९ सय ९२ मत बदर भएको छ । यसअघि मोरङ क्षेत्र-५(क) मा काँग्रेसकै गयानन्द मण्डल निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : १६:१२:३३ , २ वर्ष अगाडि

error: Content is protected !!