बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

गृहनगर मै अोलीलाई बढ्यो तनाव

आर्य न्युज 879  पटक हेरिएको



झापा २१ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकको निर्वाचन रोचक मोडमा पुगेको छ। दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका मुख्य दल एमाले विरुद्ध एक ठाउँमा उभिएका छन्।

२०४६ सालपछिका सबै स्थानीय निर्वाचनमा एमालेको वर्चस्व रहेको दमकमा यसपालिको नतिजामा सबैको चासो हुने देखिन्छ । राप्रपा नेतृत्वको कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लगायत दलको संयुक्त मोर्चासँग एमाले दमकले प्रतिस्पर्धा गर्दैछ । एमालेको ‘लालकिल्ला’ भत्काउन सबै दल एकजुट भएका छन् ।

सोही कारण अध्यक्ष ओलीको इज्जत जोगाउनुपर्ने चुनौती एमालेका सामु छ। एमालेले गीता अधिकारीलाई मेयरको उम्मेदवार बनाएको छ भने गठबन्धनको तर्फबाट राप्रपाका राम थापा चुनावी मैदानमा छन् ।

सत्ता गठबन्धन र एमाले दुवैको तानातानमा रहेको राप्रपा मेयरको बार्गेनिङ गरिरहेको थियो । राप्रपालाई मनाउने दौडमा सत्ता गठबन्धनले जित्यो ।

२०४९ साल यताका ३ वटै स्थानीय निर्वाचन जितेको र अध्यक्ष केपी शर्मा ओलीको गृहनगर समेत भएका कारण मेयर पद नै राप्रपालाई सुम्पिन नसक्ने बाध्यता एमालेलाई थियो ।

ओलीको प्रतिष्ठासँग जोडिएकाले पनि एमालेले राप्रपालाई मेयर छाड्न मानेन । राप्रपाका प्रदेश अध्यक्ष राम थापालाई प्रमुख र कांग्रेसकी रेगिना भट्टराईलाई उपप्रमुखको उम्मेदवार बनाएर गठबन्धन चुनावी मैदानमा छ।

१० वडा रहेको दमकमा राप्रपाले मेयरसहित २ वडा, कांग्रेसले उपप्रमुखसहित ४ वडा र माओवादीले ४ वडामा उम्मेदवार उठाएको छ ।

प्रकाशित मिति: २०२२-०५-०४ , समय : १८:४८:१६ , २ वर्ष अगाडि

error: Content is protected !!