बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

तराईमा हाहाकार पहाडमा फालमफाल

राजीव कुशवाहा 923  पटक हेरिएको

विराटनगर । सुनसरी ,मोरङ र झापाका किसानहरुले समयमा मल पाउन सकेका छैनन। नेपालमा संघियता आइ सके पछि अहिले केहि विषयहरुमा केन्द्रिकृत भएको कारण समस्या भएको हो।

सरकारले किसानलाई चाहिने मल खाद उपलब्ध गराउनु पर्नेमा प्रदेश १ मा रहेको तीन जिल्लामा मलको समस्या कायमै रहेको छ।

संघिय सरकारले प्रदेश तहमा मल खादको कोटा निर्धारण गर्दै जिल्लामा दिने मलको परिणाम समेत तोकेको कारण मलको अभाव भएको हो ? कोटा अनुसार सुनसरी मोरङ र झापामा १ हजार ४ सय ५० मेट्रिक टनका दरले यूरिया मलको कोटा तोकिएको छ भने अन्य जिल्लाको हक्कमा ८ सय देखि १ हजार मेट्रिक टन युरिया मल दिने गरी कोटा तोकिएको र अहिले पहाडी जिल्लामा पठाएको युरिया मल खपत हुन सकेको छैन।

संघीय सरकारले निधारण गरेको कोटा भन्दा बढी मल तीन जिल्लामा चाहीने हुदा कोटा वृद्धिका लागी उद्योग कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ ले पहल गरिरहेको कुरा मन्त्रालयका एक कर्मचारी बताएका छन्।

अहिले मन्त्रालयको ध्यान प्रदेश १ को कुन जिल्लामा कति खाद मल चाहिन्छ समयमा उपलब्ध गराउने तर्फ केन्द्रित रहदै केन्द्रमा समेत पहल गर्ने तयारी भइरहेको छ। किसानले समयमा मल खादहरु पाएको खण्डमा किसानहरु खेति प्रति आकर्षित हुने र किसानले खेति गरे पछि उब्जनी बढ्ने विश्वास मन्त्रालयको रहेको छ।

खेति गर्न किसानहरुलाई युरिया दिएपी र पोटास मलको आवश्यक पर्छ। यो आभाव हुन न दिन समय मै सरकारको ध्यान जानु आवश्यक छ।

प्रकाशित मिति: २०२३-०२-०८ , समय : २२:०२:१९ , २ वर्ष अगाडि

error: Content is protected !!