बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

देवानगञ्ज गाउँपालिकामा व्यापक भ्रष्टाचार

अजय मण्डल 2391  पटक हेरिएको

देवानगञ्ज । देवानगञ्ज गाउँपालीकामा निमार्ण भइरहेकोे सडकमा व्यापक भ्रष्टाचार भएपछि स्थानियहरुले विरोध गरेका छन् । श्री पण्डित भगवती निमार्ण कम्पनीले देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ मा तिन करोड लागतमा निर्माणधिन सडकमा गुणस्तरहिन काम गरेपछी स्थानियहरुले विरोध गरेका हुन् ।

निर्माणाधिन सडकमा पुनः सडककै माटो काटेर हाले पछि जनताको आखाँमा छारौ हाल्ने काम गरेको स्थानियहरुले बताएका छन् । तिन करोड, दुइ लाख, ६३ हजार, ७ सय ४७ रुपैयाँ, ९५ पैसामा निमार्ण भइरहेको सडकमा व्यापक भ्रष्टाचार भएको भन्दै ठेकेदार डम्बर यादबलाई स्थानियहरुले केहिबेर घेरेका थिए ।

गुणस्तरहिन काम भएपछि स्थानियहरु आक्रोशित बनेका छन् । पछिल्लो समय देवानगञ्ज गाउँपालिकामा भ्रष्टाचारका घटनाहरु बढ्दै गईरहेको छ । गाउँपालिका अध्यक्ष आफै विभिन्न समयमा विवादमा पर्दै आएको कारण अध्यक्षको काम प्रति पनि स्थानीय बासिन्दाहरूले आउला उठाउन थालेका छन्।

प्रकाशित मिति: २०२३-०५-०५ , समय : १६:१६:३५ , १ वर्ष अगाडि

error: Content is protected !!