बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

देवानगञ्जको बोर्डर आउट पोष्ट जोखिममा

राजीव कुशवाहा 10534  पटक हेरिएको

देवानगञ्ज । सुनसरीको दक्षिणी सिमावर्ती क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नै जोखिममा पर्ने भएको छ । देवानगञ्ज गाउँपालिका वडा नम्बर ५ रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगंजको भवन बाढीले गर्दा जोखिममा पर्ने भएको हो ।

२०६४ साल फागुन २१ गते स्थावना भएको यो पोष्टलाई व्यवस्थित गर्न स्थानीयवासिन्दा रमेश यादवले ७ कठ्ठा जग्गा भवन बनाउन सहयोग गर्नु भएको थियो । यादवले भवन बनाउन जग्गा दिए पछि सशस्त्र प्रहरी बल नेपालले हार गुहार गर्नु पर्नेको थियो । कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा क्रमश भवन बने पछि पोष्टमा रहेका सकल दर्जाको सुरक्षाकर्मीले ओट लाग्ने ठाउँ पाउनु भएको थियो ।

भवन बने पछि त्यहाँ रहेको कोठालाई पुर्णरुपमा व्यवस्थित गर्न नपाउदै हाले आएको बाढीले गर्दा भवनको कम्पाउण्ड वाल नै भत्केको छ । खोला छेउ मै बनाइएको उक्त भवनलाई व्यवस्थित गर्न लगाएको वाल भत्के पछि पानि कम्पाउण्ड भित्र प्रवेश गरी केहि सामानको क्षति पुगे छ । भवनको उत्तर पट्टिको वाल भत्केपछि पुन: बढी आएमा किरा साँप लगायतका अन्य जीवजन्तुले हानी गर्ने देखिएको छ ।

भत्किएको वाललाई पुन:निर्माण नगरेमा आउने बाढीले बचेको जमिनलाई कटान गरी भवनलाई नै क्षति पुग्ने सम्भवना देखिएको छ । यस तर्फ  सम्बन्धित निकाय तथा सरोकारवाला निकायको ध्यान जानु जरुरि छ ।

प्रकाशित मिति: २०२४-०७-२९ , समय : १०:११:३३ , ३ महिना अगाडि

error: Content is protected !!