बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

हिट एक्सन प्लान मस्यौदा प्रतिवेदन हस्तान्तरण’

मनोज दाहाल / रासस 7267  पटक हेरिएको

विराटनगर। तराई क्षेत्रमा वढ्दो तापमानको लहरले मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिमा पर्ने असर न्यूनीकरण गर्न आवश्यक भएको छ।
नेपाल रेडक्रस सोसाइटी मोरबका सभापति सुवोधकुमार सिंहले विराटनगर महानगरलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएको हिट एक्सन प्लान मस्यौदा प्रतिवेदन’ विराटनगर महानगरका प्रमुख नागेश कोइरालालाई आज हस्तान्तरण गर्नु भयो ।

विराटनगरमा हालैका दिनहरुमा देखिएको औसत तापक्रम विगत भन्दा बढीनै रहेको र आगामि दिनहरु अझ जटिल हुने हुँदा प्रतिवेदन कार्यान्वयन गर्नु पर्ने सहभागीहरुको सुझाव रहेको छ । तातो हावा तथा गर्मीवाट कसरी वच्न सकिन्छ भन्ने विषयमा हिट एक्सन प्लानमा अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन योजनाहरु समेटिएका छन ।

महानगरका प्रमुख कोइरालाले वातावरण मैत्री सडक , पुर्वाधार निमार्ण गर्दा वोट विरुवा लगाएर हरियाली वढाउन सके यसबाट वातावरणमा पर्ने नाकारात्मक असर कम गर्न सकिने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी मोरबका सभापति सिंहले तातो हावा र गर्मीका कारण मानव जिवनमा गम्भिर असर पर्ने भएकाले यसको न्युनिकरण र प्रतिकार्य योजना सहित हिट एक्सन प्लान योजना कार्यान्वयनमा ल्याइएको बताउनु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य विनोदकुमार वस्नेत, अन्तराष्ट्रिय रेडक्रस सोसाइटीका प्रतिनिधि माधब उप्रेती, फिनल्याण्ड रेडक्रसका नेपाल प्रमुख सुषमा श्रेष्ठ र रेडक्रस कोशीका किरण सेढाइले हिट एक्सन प्लानको कार्यान्वयनले नागरिकको सहज जीवनयापनमा सहयोग पुग्ने धारणा राख्नु भयो

प्रकाशित मिति: २०२४-०७-३१ , समय : २०:३६:३७ , ३ महिना अगाडि

error: Content is protected !!