बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

बचत फिर्ता मागेपछि कलेक्टरलाई फसाउन खोज्दै अध्यक्ष र उपाध्यक्ष

Aarya News Desk 19570  पटक हेरिएको

इटहरी । इटहरीको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा समस्या देखिएको छ । इटहरी-९ हस्पिटल लाइनमा रहेको सहकारीमा बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि विवाद चुलिएको हो ।

बचत रकम फिर्ता माग्दै बचतकर्ताहरू आउन थालेपछि अध्यक्ष जितेन्द्र दाहाल र उपाध्यक्ष गोविन्द अधिकारीले कलेक्टर विरुद्ध उजुरी दिएका छन् । कलेक्टर उषा पौडेलले बचत गराएका बचतकर्ताले रकम माग्न थालेपछि उनी विरुद्ध नै अध्यक्ष दाहाल र उपाध्यक्ष अधिकारीले प्रहरीमा निवेदन दिएका हुन् । दाहाल र पौडेलले साउन २४ गते बिहानै कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दर्ता गराए ।

उषा पौडेल सहित उनका श्रीमान् निलम चौलागाई र उषाका भाइ नवराज पौडेलले हातपातको धम्की दिएको उनीहरूको आरोप छ । अपहरण तथा काट्ने मार्ने जस्ता अमानवीय हर्कत देखाएको उपाध्यक्ष पौडेल र अध्यक्ष दाहालले दिएको निवेदनमा उल्लेख छ ।

उषा र उनका श्रीमानले पनि २४ गते बिहीबार नै प्रहरीमा उजुरी दिएका छन् । बचतकर्ताको रकम फिर्ता माग्दा धम्की दिएको उनीहरूले उल्लेख गरेका छन् । लगभग २० लाख रकम फिर्ता दिनुपर्ने भएपछि अध्यक्ष उपाध्यक्षले पैसा नदिने भन्दै हप्कीदप्की गरेको निवेदनमा बताइएको छ । ‘तँ हरू जे गर्न मन लाग्छ गरिहाल, फेरी गर्ने मौका नपाउलास्’ भन्दै अध्यक्ष र उपाध्यक्षले धम्की दिएको उषा र उनका श्रीमानले दिएको निवेदनमा उल्लेख छ ।

उषा जस्तै अन्य कलेक्टरले पनि अध्यक्ष दाहाल र उपाध्यक्ष अधिकारीबाट बारम्बार अपमान हुने गरेको बताएका छन् । सहकारीको पैसा अपचलन भएको बताउँदै उनीहरूले बचतकर्ताले बचत फिर्ता मागेपछि अध्यक्ष उपाध्यक्ष लगायत पदाधिकारीहरू झर्किने र अपमानजनक व्यवहारमा उत्रिने गरेको आरोप लगाए । कपपुरी न्युज

प्रकाशित मिति: २०२४-०८-०८ , समय : २१:२६:३९ , २ महिना अगाडि

error: Content is protected !!