बि.स. : २०८१ कार्तिक ०६, बुधबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

आज साउन महिनाको अन्तिम सोमबार ! देशभरका शिवालयहरुमा हिन्दु श्रद्धालुहरुको घुइँचो

Aarya News Desk 6230  पटक हेरिएको

देवानगञ्ज । आज साउन महिनाको अन्तिम सोमबार ! सुनसरीको पिण्डेश्वरसहित देशभरका शिवालयहरुमा हिन्दु श्रद्धालुहरुको घुइँचो लागेको छ । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ ।

साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउने तथा बोल बम मेला पनि लाग्ने गर्छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । बिशेषगरी आज कोशी नदी लगायतका विभिन्न नदीहरू ल्याइएको जल शिवालयमा चढाएर पूजापाठ गर्न बोलबम श्रद्धालुहरुको पनि घुइँचो लागेको हो ।

ज्योतिषशास्त्र अनुसार साउने सोमबारमा गरिने शिवको व्रत विशेष फलदायी हुन्छ । साउनको सोमबार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वरलगायतका चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ ।

प्रकाशित मिति: २०२४-०८-१२ , समय : ०८:१४:२२ , २ महिना अगाडि

error: Content is protected !!