बि.स. : २०८१ कार्तिक ०६, बुधबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

नेपाली कांग्रेस एक हप्ताभित्र कोशी प्रदेश सरकारमा सहभागी हुने : नेता डा शेखर कोइराला

मनोज दाहाल / रासस 13784  पटक हेरिएको

विराटनगर। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेश सरकारमा नेकां आगामी एक हप्ताभित्र सहभागी हुने बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकाँ सभापति शेरबहादुर देउवा वीच छलफल भइरहेको जानकारी दिनु भयो । नेता कोइरलाले भन्नु भयो, ‘आफ्नो कारणले प्रदेश सरकार विस्तार हुन नसकेको आरोप गलत हो ’।

उहाँले विगत एक बर्षदेखि आफूले एमाले र नेकांबीच गठबन्धन हुनु पर्छ भनेको हुनाले यो सरकारलाई भत्काउने कार्य आफुबाट कुनै हालतमा नहुने प्रष्ट पार्नु भयो । नेता कोइरालाले राजनीतिक स्थायीयत्वका लागि वर्तमान गठबन्धन आवश्यक भएको विचार राख्नु भयो ।

उहाँले संविधानमा लेखिए अनुसार समावेशी समानुपातिक कायम राखी संविधानमा सुधार गरी निर्वाचन प्रणाली संशोधन गरी वहुमतको सरकार निर्माण हुने तर्फ आगाडि वढ्नु मुलुकको लागि आवश्यक रहेको विचार व्यक्त्त गर्नु भयो ।

प्रतिनिधि सभाका सदस्य डा कोइरालाले आम नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी,रोजगारीमा सरकारले खुशी बनाएमा वङ्गलादेशको स्थिति नआउने दावी समेत गर्नु भयो ।

फरक प्रसङमा उहाँले आगामी १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुने जानकारी दिँदै तोकिएको समय महाधिवेशन नभएमा नेकां कमजोर हुने बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०८-१६ , समय : ०७:३३:५५ , २ महिना अगाडि

error: Content is protected !!