बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

देवानगञ्जमा प्रहरी अस्पतालद्वारा बृहत नि :शुल्क स्वास्थ्य शिविर

राजीव कुशवाहा 18882  पटक हेरिएको

देवानगञ्ज । सुनसरीको देवानगञ्जमा एक दिवसीय बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवाको सहयोग र देवानगञ्ज गाउँपालिका र वडा नम्बर ६ को संयुक्त आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।

शनिबार देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ स्थित ठाकुरबारीमा सम्पन्न शिविरमा ५ सय ३७ जनाले नाम दार्ता गराई विभिन्न रोगको बिशेषज्ञ चिकित्सकबाट सेवा लिएको कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाले ज बताएको छ। अस्पतालका अनुसार एक पल्ट नाम दार्ता गराएको व्यक्ति मध्ये केहीले ३/४ वटा चिकित्सकलाई देखाइएका थिए । उक्त शिविरमा बरिष्ट मुख तथा अनुहार, जनरल फिजिसियन, नवजात शिशु तथा बालरोग, छाती, पेट, मुटु, आँखा, नाक, कान, छाला, स्त्री तथा प्रसूति रोग बिशेषज्ञ प्रहरी डाक्टरहरुले चेकजाँच गरेको थियो।

पालिका भित्र विभिन्न रोगको बिशेषज्ञबाट नि:शुल्क स्वास्थ्य सेवा पाउदा नागरिक निकै खुसी भएको देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले बताउनुभयो। मेहताको अनुसार कोशी प्रहरी अस्पतालले देवानगञ्ज गाउँपालिकालाई छनौट गरेरी जुन वृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। यसमा स्थानीय सरकारको मात्र नभई पालिकाका केही यूवाहरूको पनि निकै पहल रहेको छ ।

आफूलाई धेरै कुराको जानकारी हुँदैन तर यहाँका यूवाहरूलाई हुन्छ। यहाँ यूवाहरूले स्थानीय सरकार र आफूलाई पनि निकै सहयोग गरिरहेका छन् अध्यक्ष मेहताले बताउनुभयो । सामान्य विरामीलाई स्थानीय तहकै आधारभूत अस्पतालमा उपचार हुनै गरी तयारीमा जुटेको र केही दिन मै सञ्चालनमा आउने उहाँले बताउनुभयो।

शिविर सञ्चालनमा साथ सहयोग गर्नेलाई धन्यवाद दिँदै जनतालाई लाभ हुने यस्ता कार्यक्रमलाई देवानगञ्ज गाउँपालिकाको कार्यालयको साथ र सहयोग हुने छ अध्यक्ष मेहताले बताउनुभयो।

प्रहरी अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै आए पनि देवानगञ्जमा पहिलो पटक गर्न पाएको कोशी प्रदेश प्रहरी तालिम केन्द्रका एसएसपी भविनारायण काफ्लेले बताउनुभयो। कोशी प्रदेश प्रहरी अस्पतालले प्रदेश भरी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएकोले आगामी दिनमा फेरी देवानगञ्जमा सञ्चालन गर्ने काफ्लेले बताउनुभयो।

जिल्ला प्रहरी कार्यलाय सुनसरीका प्रहरी नायव उपरिकक्ष नविनकृष्ण भण्डारी, देवानगञ्ज ६ का वडा अध्यक्ष हरिनन्दन मेहताले शिविरको विषय मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति: २०२४-०८-१८ , समय : ११:५५:५१ , २ महिना अगाडि

error: Content is protected !!