बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री कार्कीले प्रदेश सभा अगाडि आमरण अनशन सुरू गरे

ब्रहमदेव यादब 21176  पटक हेरिएको

विराटनगर। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबारदेखि आमरण अनशन सुरु गरेका छन् । विराटनगरको देवकोटा चौक स्थित कोशी प्रदेश सभा अगाडि सडक पेटीमा आमरण अनशन सुरु गरेका हुन ।

पूर्व मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार सेवा सहित ल्याएको ९ बुदे लोकप्रिय कार्यक्रमलाई मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले हटाई दिएपछि त्यसका विरुद्ध पूर्व मुख्यमन्त्री कार्कीले आमरण अनशन थालेका छन् ।

माग सम्बोधन नभएसम्म मुख्यमन्त्री हिक्मत कार्कीका विरुद्ध आमरण अनशन जारी राख्ने पूर्व मुख्यमन्त्री कार्कीले बताए । नेपाली कांग्रेसका कोशी प्रदेश सांसद केदार कार्कीले आफू सांसदको हैसियतले आमरण अनशनमा बसेको बताए । नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइराला र नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाँईले पूर्व मुख्यमन्त्री कार्कीको आमरण अनशनलाई स्वागत र समर्थन गरेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. ७ का वडाध्यक्ष मधुबाबु तिवारी, ९ नं. वडाध्यक्ष विश्वनाथ भगत (लालु) आमरण अनशन स्थलमै पुगेर पूर्व मुख्यमन्त्री कार्कीको आमरण अनशनलाई स्वागत र समर्थन गरेका छन् ।

नेपाली कांग्रेसका विभिन्न तह र तप्कामा रहेका नेता र कार्यकर्ताहरूले पूर्व मुख्यमन्त्री कार्कीको आमरण अनशनलाई स्वागत र समर्थन गरेका छन् । आमरण अनशनको पहिलो दिन मंगलबार बाक्लो संख्यामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू अमरण अनशनमा सहभागि भएका थिए । पूर्व मुख्यमन्त्री कार्कीले मंगलबार ४ बजेदेखि कोशी प्रदेश सभा अगाडि आमरण अनशन बस्ने तयारी सुरु गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आमरण अनशन स्थललाई लक्षित गरेर निषेधाज्ञा जारी गरेका छन् । प्रशासनले निषेधाज्ञा लागू गरेपनि पूर्व मुख्यमन्त्री कार्कीले आमरण अनशन जारी राखेका छन् ।

प्रकाशित मिति: २०२४-०९-१० , समय : १९:४१:२० , १ महिना अगाडि

error: Content is protected !!