बि.स. : २०८१ कार्तिक ०६, बुधबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

नेपाली काँग्रेसबाट नव निर्वाचित वडा अध्यक्षले गरे उदाहर्निय काम

आर्य न्युज 833  पटक हेरिएको

सुनसरीको ईनरुवा नगरपालिका वडा नं १ बाट नेपाली कांग्रेसको तर्फ बाट वडा अध्यक्ष पदका विजेता प्रमोद पोखरेलले आफ्नो बिजय जुलुस सुरु गर्नु आगावै ईनरुवा १ शान्ति चोकको बिच बाटोमा भएको खाल्डो पुर्ने कार्य गरेको छ ।
खाल्डाखुल्डी पुरे पछि मात्र विजय जुलुस निकालिएको छ ।
इनरुवा शान्ति चोकमा केहि महिना अगावै देखि चोकको बिचमा खाल्डो रहेको थियो । उक्त खाल्डोको कारण सर्वसाधारणहरु लाई निकै कठिनाइ भोग्नु पर्ने तथा दुर्घटना हुने र आवत जावत गर्ने सवारि साधनहरुले कठिनाईको सामना भोग्नु परेको थियो ।
आज ईनरुवा वडा नं १ मा नेपालि कांग्रेसको वडा अध्यक्ष सहित सबै स्दस्यहरु विजय भएका छन ।
नेपाल चलचित्रकर्मि महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको सकृयतामा उक्त कार्य सम्पन्न भएको थियो । उक्त खाल्डोको बारेमा पटक पटक अनुरोध गर्दा पनि निर्माण भएको थिएन । आजै सम्भावित विजेता प्रमोद पोखरेललाई अनुरोध गरेपछि वहाले तुरुन्त सकारात्मक रुपमा लिदै खाल्डाखुल्डी पुर्ने काम गरिएका छन।
तत्कालै योजना बनाएर नेपालमा पहिलो पटक जनप्रतिनिधि बाट यस्तो उदाहरणीय कार्य गर्नु भएकोमा चोतर्फी प्रशनशा भएको छ ।
यो अभियान नेपालमानै प्रथम पटक ईनरुवा १ बाट शुरु भएको देखिन्छ ।
वडा अध्यक्ष प्रमोद पोखरेल संगै सदस्यहरुमा नेपालि कांग्रेसका दिलिप पोद्दार, प्रदिप ढकाल, कमला दहाल खतिवडा, कविता शर्मा खत्वे विजयि हुनु भएको छ ।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : २२:०१:३२ , २ वर्ष अगाडि

error: Content is protected !!