बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

इनरुवाबाट एक क्विन्टल बढी लागूऔषध गाँजासहित दुई जना पक्राउ

कोशी प्रदेश सम्वाददाता / आर्य न्युज 10335  पटक हेरिएको

देवानगञ्ज । सुनसरीको इनरुवाबाट लागूऔषध गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । आइतबार इनरूवा नगरपालिका–९ बबिया चोकबाट एक क्विन्टल बढी लागूऔषध गाँजासहित दुई जनालाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–१ बूढीगंगा मोरङ बस्ने ३२ वर्षीय रामकुमार राई र २२ वर्षीय बुद्ध लिम्बू रहेको प्रहरीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा गणबाट खटिएका सशस्त्र प्रहरी बलले धनकुटाबाट प्रदेश नम्बर १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडीमा लोड गरी सुनसरीतर्फ ल्याउँदै गरेको एक क्विन्टल १६ किलो लागूऔषध गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

दुवै जनालाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारबाहीका लागि प्रहरीकहाँ पठाइएको जनाइएको छ ।

प्रकाशित मिति: २०२४-०७-२८ , समय : २१:०२:१० , ३ महिना अगाडि

error: Content is protected !!