बि.स. : २०८१ कार्तिक ०६, बुधबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

मधेश प्रदेश कै अवस्थामा कोशी प्रदेश ! कार्कीलाई मुख्यमन्त्री पद निल्नु न ओकल्नु

कोशी प्रदेश सम्वाददाता / आर्य न्युज 19671  पटक हेरिएको

विराटनगर । नेपाली काँग्रेसको समर्थनमा कोशी प्रदेशका पून: मुख्यमन्त्री बन्नुभएका हिक्मत कार्कीलाई आफुले पाए‌को मुख्यमन्त्री पद निल्नु न ओकल्नु भएको छ।

पहिलो पटक मुख्यमन्त्री हुँदा मन्त्रीमण्डलको सङ्ख्या घटाएर राम्रो छवी बनाउनु भएका कार्की आहिले मधेश प्रदेशको मुख्यमन्त्री जस्तै बन्नु हुने त छैन भनेर आकलन गर्न थालिएको छ।

मधेश प्रदेशका मुख्यमन्त्रीले गठवन्धनलाई जोगाउन जम्वो मन्त्रीमण्डल राज्यमन्त्री सहित गठन गर्नु भएकोमा जनस्तरबाट तिव्र विरोध प्रदर्शन भए पछि राज्यमन्त्री सहित ८ जनाले मन्त्रीमण्डलबाट हटाउनु भएको छ।

मधेश प्रदेश कै अवस्था कोशी प्रदेशमा देखिने भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री बन्नुभएका हिक्मत कार्की १०० दिन पुग्नलाग्दा पनी वहाँको मन्त्रीमण्डलमा नेपाली कांग्रेसले आफ्नो उपस्थिति जनाउन सकेको छैन। यसलाई हेर्दा कोशी प्रदेशमा अहिले पनि सत्ता कित्ताकाट हुन सकेको छैन।

पहिलो पटक मुख्यमन्त्री हुँदा मन्त्री मण्डल सानो बनाउनु भएका हिक्मत कार्कीले यस पटक १५ जनाको हाराहारीमा मन्त्री मण्डल बनाउनु हुने भएको छ।

नेपाली काँग्रेस भित्र पार्टीका सभापति शेरवहादर देउवा, परराष्ट्र मन्त्री आरजु देउवा, नेपाली काँग्रेस सांसदहरु डा. शेखर कोइराला, कल्य बापा, शशांक कोइराला र गगन थापा, सुजात कोइराला, कृष्ण सिटौला, गगन थापा र शशांक कोइराला सुजात कोइराला पक्षधर कोशी प्रदेशका सभा सदस्यले आफु कोशी प्रदेशका मन्त्री हुन पाउनुपर्छ भनी आ आफ्नो नेतालाई द‌वाव दिइरहेका छन्।

निजहरुको तर्फवाट एक एक जनालाई मन्त्री बनाउदा पनी नेपाली काँग्रेसको भागमा ७ जना पर्न आउँछ। उक्त आरोप नेपाली काँग्रेसले खेप्नै अवस्था छैन।

सुरुमा कित्ताकाट गर्दा नेपाली काँग्रेसको भागमा ४ मन्त्रालय पर्न आउँछ। अहिलेको मन्त्रालयलाई कायम राखी नेपाली काँग्रेसलाई खुसी पार्न सक्ने अवस्थामा कार्की देख्नुभएको छैन। अहिलेको मन्त्रालयलाई फोडेर नेपाली काँग्रेसलाई खुसी पादै थप केही आफ्ना समर्थकलाई मन्त्री बनाउने सोचमा कार्की हुनुहुन्छ।

कुनै चमत्कार भएन भने भदौ दोस्रो साता भित्रमा मन्त्री मण्डल बनाएर विश्व रेकर्ड कायम गर्ने तयारीमा मुख्यमन्त्री कार्की रहनुभएको छ।

प्रकाशित मिति: २०२४-०८-१४ , समय : २१:११:४० , २ महिना अगाडि

error: Content is protected !!