बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

मधेस प्रदेशमा पहिलो पटक सरकारी स्तरबाट एमबीबीएसको पढाइ

गोविन्द महतो 9461  पटक हेरिएको

जनकपुरधाम । मधेस प्रदेशमा पहिलो पटक सरकारी स्तरबाट एमबीबीएसको अध्ययन अध्यापन सुरु हुने भएको छ। चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) का लागि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० सिट निर्धारण गरेसँगै आर्थिक वर्ष २०८१/२०८२ देखि प्रतिष्ठानले एमबीबीएस अध्ययन अध्यापन सुरु गर्ने भएको हो।

मधेसमा पहिलो पटक सरकारी स्तरबाट एमबीबीएस कक्षा सञ्चालनको अनुमति पाएको विश्वविद्यालयले अर्को वर्षबाट विद्यार्थी भर्ना लिएर अध्यापन सुरु गराउने भएको हो। चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनका लागि आवश्यक तयारी पूरा गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मधेस प्रदेशमा पहिलो पटक सरकारी स्तरबाट चिकित्साशास्त्रतर्फ ५० सिट उच्च शिक्षाको लागि सुनिश्चित गरेको रजिष्ट्रार डा. विनोद कुमार यादवले जानकारी दिए।

प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउने भएको प्रतिष्ठानका रजिष्टार डा. विनोदकुमार यादवले अन्नपूर्णलाई जानकारी दिए। उनले भने, ‘जसमा मधेस प्रदेशका बहुसंख्यक विद्यार्थीले अवसर पाउने र मधेस प्रदेशका लागि कोसेढुङ्गा सावित हुने विश्वास गरेका छौं।’

‘एमबीबीएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्वपूर्ण कुरा हो। सिङ्गो मधेस प्रदेशका लागि सरकारी स्तरबाट एमबीबीएसको पढाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा सावित हुनेछ,’ उपकूलपति डा. अंकुर साहले भने, ‘प्रतिष्ठानले करिब ४ वर्षपछि एमबीबीएस पठन-पाठनका लागि आयोगबाट अनुमति पाएको हो।’

तत्कालीन मुख्यमन्त्री मो. लालबाबु राउतले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न पहल भइरहेको थियो। तर, आवश्यक भौतिक पूर्वाधार तथा मापदण्डको आधारमा ४ वर्षपछि मात्र एमबीबीएसको अनुमति प्राप्त गरेको हो। प्रतिष्ठानमा एमबीबीएसको अध्य्यन अध्यापन सुरु भएपछि प्रादेशिक राजधानी जनकपुरधामलगायत मधेस प्रदेशको स्वास्थ्य सेवामा समेत गुणात्मक सुधार आउने प्रादेशिक अस्पताल जनकपुरधामका उपनिर्देशक डा. कृष्णचन्द्र दास (केडि दास) बताउँछन्।

मधेस मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले प्रतिष्ठानमा एमबीबीएसको अध्ययन-अध्यापन आरम्भ हुनु प्रदेशको गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्। मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा समेत प्रतिष्ठानको लागि उच्च प्राथमिकतामा राखेर स्रोश्चितता, थप पूर्वाधारसम्बन्धी निर्णयहरू गरेको बताए।

त्स्तै मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले चिकित्साशास्त्रमा एमबीबीएस तहको जनशक्ति उत्पादन हुने थलोको रूपमा विकसित हुँदा जनकपुरधामलगायत यस क्षेत्र प्रदेशबासीका लागि शिक्षाको हब बन्नेमा विश्वास व्यक्त गरे। सभामुख मण्डलले भने, ‘एमबीबीएस अध्ययन-अध्ययापन तथा पठनपाठन सुरु गराउन आवश्यक तयारी गरेकोमा मुख्यमन्त्री सतिष सिंहसहित प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह, रजिष्ट्रार डा. विनोद यादवलगायतलाई बधाई।’

शिक्षाको हब
मधेस स्वास्थ्य विज्ञान प्रष्तिठान स्थापनासँगै पहिलो वर्षमा स्नातक तहको ४ विधामा कार्यक्रम सञ्चालन भइरहेको छ। जसमा बीएनएस, बीएस्सी नर्सिङ, बीपीएच, बीएस्सी एमएलटीको कक्षा सञ्चालन भैरहेको छ। त्यसैगरी स्नाकोत्तर तहतर्फ एमडी इन अब्सट्रेटीक्स एण्ड गाइनोक्लोजी, एमडी इन पेडियाट्रिक्स, एमडी इन इन्टरनल मेडिसिन र एमडी इन जेनरल सर्जरीमा अध्ययन-अध्यापन भइरहेको छ।

त्यसैगरी अध्ययन अनुसन्धानतर्फ ट्रेनिङ वर्कशप अन हेल्थ रिसर्च मेथोडलोजी, ट्रेनिङ म्यानेजमेन्ट अन डेटा अनालाइसिस, इथिक्स इन हेल्थ रिसर्च एउण्ड इन्सिच्यूशनल रिभ्यु कमिटी एस्टेब्लिष्टजस्ता अनुसन्धानात्मक प्रयोगहरू गर्दै आइरहेको सूचना प्राविधिक अधिकृत वीरेन्द्र साहले जानकारी दिए।

-Annapurna Post

प्रकाशित मिति: २०२४-०९-०७ , समय : २१:४९:०५ , १ महिना अगाडि

error: Content is protected !!