बि.स. : २०८१ कार्तिक ०६, बुधबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

किड्नी बेचेर मन्दिर बनाउने बाबा गिरीको अठोट

Aarya News 8676  पटक हेरिएको

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालका वडा नं. १ को कोशी तटमा रहेको बराक्षक्षेत्र धामको परिसरमा निर्माणधिन अवस्थामा रहेको गणेश गंगा मन्दिर आफ्नो एउटा किड्नी बेचेर भएपनि निर्माण कार्य सम्पन्न गर्ने बाबा काशी गिरीले अठोट लिएको छ ।

ओखलढुंगा जिल्ला कुन्तादोर्वे गाउँपालका वडा नं. २ घर भएका गिरी २०२८ सालमा घर छाडी भारतको विभिन्न धार्मिक स्थानहरुमा भ्रमण गर्दै शन्तमहात्माहरुको कुटीमा बस्दै आएका थिए । २०७१ सालमा बाबा गिरी बनेर बराहक्षेत्र धाम आएका थिए । सो स्थानमा कहीकतै गणेश गंगाको मन्दिर नदेखेपछि सोही समयमा बराक्षेत्र परिसरमा गणेश गंगाका मन्दिर बनाउने अठोट लिएका थिए ।

प्रथम पुजक गणेश जीको पुजा विना कुनै पनि कार्य सफल नहुने विचारबाट प्रभावित भएका बाबा गिरी सोही समय देखि श्री पंञ्च दशनाम जुना अखाडाको शाखा गणेश मन्दिर निर्माणाधिन बराहक्षेत्र–१ सुनसरी लेखिएको सहयोग रसिद छपाई विभिन्न व्यक्तिवाट पाएको सहयोग र गणेश गंगा मन्दिरको नामबाट राखिएको दानपेटिमा परेको दान दक्षिणावाट बराह मन्दिर चढ्ने गेटकै छेउमा ८३ फिट लम्वाई र ३३ फिट चौडाई भएको जग्गामा मन्दिर निर्माण कार्य बाबा गरीले थालेका थिए । उक्त मन्दिर निर्माणका लागि माता पार्वतीले ४०५ रुपियाँ र ममता तांमाङ्ग सांसदले ५ लाख सहयोग गरेकोमा मन्दिरलाई २ लाख ४० हजारमात्र प्राप्त भएको थियो । त्यस बाहेक अरु कही कतैवाट सहयोग नआएको गिरीले वताए ।

मन्दिर निर्माण कार्यमा बराहक्षेत्र विकास समितिका अध्यक्ष भक्त बहादुर श्रेष्ठले सहयोग गरेपनि हाल बराहक्षेत्र संरक्षण मंच नामबाट खोलिएका नयाँ समितिका अध्यक्ष राजु घिमिरे र सचिव मनोज भण्डारीले मन्दिर निर्माण कार्यमा अवरोध गर्ने गणेश गंगा मन्दिर निर्माणका लागि राखिएको दानपेटीका तोडफोड गरी हटाउन लगाउने, मन्दिर निर्माण कार्यमा अवरोध गर्ने गरेको पत्रकार सम्मेलनमा बाबा गिरीले वताए ।

उदयपुर जिल्ला घरभई २०७२ साल देखि बराहक्षेत्रमै बस्दै आएकी महन्थ लक्ष्मी गरीले भनिन बराहक्षेत्रमा मासु, दारु, सेकुवा बेच्न दिने तर दिन दुःखीहरुलाई फलफूल बेच्न नदिने, मिल्काई दिने, विभिन्न किसिमका अवरोध गर्ने, गणेश गंगा मन्दिर निर्माणमा बाधा–अवरोध गर्ने मंचका प्रतिनिधी प्रति दुःखेसो पोख्दै भने सबभन्दा पहिले बराहक्षेत्र परिसरबाट दारु, जाड, रक्सी, सेकुवाको पसल हटाउन मंचलाई चेतावनी दिदै भने अनि अरुकाममा हात हाल्न आग्रह गरे ।

गणेश गंगा मन्दिर तल दुई कोठा र माथि ६ कोठाको ढलाई समेत गर्दा ३० लाख जति खर्च भई सकेको छ । मन्दिर निर्माण कार्य सम्पन्न गर्न अझै १५ लाख जति लाग्ने भएकोले सो रकम सहयोग गरी दिन नेपाली दाजुभई दिदी बहिनीहरुलाई आग्रह गर्दै भने सहयोग नउठेमा कसैले मेरो एउटा किड्नी किनिदिएर मन्दिर निर्माणको लागि उक्त रकम सहयोग गरि दिए त्यसको लागि पनि तयार रहेको बावा गिरीले वताए ।

प्रकाशित मिति: २०२४-१०-०१ , समय : ०८:२३:१६ , ३ हप्ता अगाडि

error: Content is protected !!